24°C Kathmandu, Nepal आषाढ़ १० गते, २०७४ - १९ः४६
Follow us:
Test

एमालेले संसदीय ब्यवस्थाको उपहास गर्‍योः नेता सिंह

३ पुस, ललितपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान संशोधन प्रस्तावलाई राष्ट्रघाती भनेर प्रमाणित गर्न नेकपा एमालेलाई चुनौति दिएका छन् । संशोधन प्रस्तावको विरोधमा संसद अवरोध गरेर एमालेले संसदीय ब्यवस्थाको उपहास गरेको उनले आरोप समेत लगाए ।

ललितपुरको जावलाखेलमा आइतबार बिहान सर्वोच्च नेता गणेशमान सिंहको पुर्ण कदको शालिक अनावरण गर्दै कांग्रेस नेता सिंहले संशोधन प्रस्तावले राष्ट्रियता झन् बलियो बन्ने बताए ।

हरहालतमा संशोधन विधेयक अगाडि बढ्ने भन्दै उनले संशोधन प्रस्ताव गलत भए प्रक्रियामा गएर फेल गराउन चुनौति समेत दिए ।

अहिले प्रमुख दलहरु जिम्मेवार बनेर संविधानलाई स्र्वस्वीकार्य बनाउने र कार्यान्यनको वातावरण बनाउनुपर्ने भन्दै उनले एमालेलाई आन्दोलन त्यागेर सहमतिमा आउन आग्रह गरे । प्रमुख दलहरु मिल्न नसके मुलुक गम्भीर संकटमा फस्ने भएकाले जिम्मेवार बन्न नेता सिंहले एमालेलाई सुझाव दिए ।

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
DAV City Express