21°C Kathmandu, Nepal भाद्र ३ गते, २०७४ - ०१ः५१
Follow us:
Test

पोर्टो रीकोकी स्टेफनी भइन् ‘विश्व सुन्दरी’

पोर्टो रीकोकी सुन्दरीले यो बर्षको ‘मिस वर्ल्ड २०१६’को ताज जितेकी छिन् । अमेरिकाको मेरिल्याण्डमा आयोजना भएको विश्व सुन्दरी प्रतिस्पर्धामा पोर्टो रीकोकी स्टेफनी डलले यो उपाधी जितेकी हुन् ।

१९ बर्षकी यी सुन्दरीले ११६ देशका सुन्दरीलाई उछिन्दै विश्वको चर्चित सौन्दर्य प्रतियोगीताको टाइटल जितेकी हुन् । विश्व सुन्दरीको नाम घोषणा भएपछि उनी अचम्मित भएकी थिइन् । पोर्टो रीकोले दोश्रो पटक यो उपाधी हात पारेको हो ।

५ फिट ८ इन्च अग्ली यी सुन्दरीले विश्व सुन्दरी प्रतियोगीतामा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि खुशीको कुरा भएको बताएकी थिइन् । सन् २०१३ की विश्व सुन्दरी मेगन यङ र कलाकार जेसन कुकले सन् २०१६ को ‘मिस वर्ल्ड’ कार्यक्रम संचालन गरेका थिए ।

यस्तै, यो बर्षको विश्व सुन्दरी प्रतियोगीतामा डोमिनिकन रिपब्लिककी यारित्जा मिगलिना फस्ट रनरअप भइन् भने इन्डोनेसियाकी नतासा सेकेन्ड रनरअप हुन सफल भइन् । ५ फिट ८ इन्च अग्ली यी सुन्दरीले विश्व सुन्दरी प्रतियोगीतामा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि खुशीको कुरा भएको बताएकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
DAV City Express