16°C Kathmandu, Nepal कार्तिक २ गते, २०७४ - ०७ः४१
Follow us:
Test

बन्दमा पहिलोपटक अर्घाखाँचीका सरकारी कार्यालय बन्द

३ पुस, अर्घाखाँची । संविधान संशोधन प्रस्तावको विरोधमा अर्घाखाँचीका सरकारी कार्यालय पहिलोपटक बन्द गरिएको छ । संशोधन प्रस्तावको बिरोधमा एक गतेदेखि सुरु भएको आमहड्तालको अन्तिम दिन आइतबार जिल्ला ठप्प छ ।

जिल्ला अस्पताल बाहेकका सम्पूर्ण सरकारी कार्यालयहरु बन्द छन् । सरकारी कार्यालय बन्द गराई काम नभएको यो पहिलोपटक हो । अरु दिनको बन्दमा सरकारी कार्यालयमा नियमित काम हुँदै आएको थियो ।

विगत १८ दिनदेखि आन्दोलन गरिरहेका अर्घाखाँचीबासीहरुले बन्दलालाई थप कडा बनाएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँची सहित सम्पूर्ण सरकारी कार्यालयमा कर्मचारीलाई प्रवेश गर्न समेत आन्दोलनकारीले दिएनन् ।

प्रमुख जिल्ला अधिकारीलाई गेटमा प्रवेश रोक लगाएपछि घाम तापेर बस्न बाध्य भएका छन् । कर्मचारीहरु दिनभर टुँडीखेलमा बसेर घाम तापेर बसी घर फर्कन बाध्य भएका थिए । विहान ९ बजे नै सरकारी कार्यालय अगाडि बसेर आन्दोलनकारीहरुले कर्मचारीहरुलाई घर फर्काएका थिए ।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमालेको सहभागितामा संयुक्त संघर्ष समितिले अर्घाखाँचीमा आन्दोलन गर्दै आएको छ ।

-गणेश खनालबाट

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
DAV City Express