24°C Kathmandu, Nepal आषाढ़ १० गते, २०७४ - १९ः४६
Follow us:
Test

यु १९ एसिया कप क्रिकेटमा नेपाल मलेसियाबिरुद्ध भिड्दै

३ पुस, काठमाडौं । एसीसी यु १९ एशिया कप क्रिकेट अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले अहिले मलेशियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

समूहका यसअघिका दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइसकेको नेपालको आजको खेल प्रतिष्ठाका लागि मात्र हो ।

श्रीलंकाको कोलम्बोस्थित एनसीसी मैदानमा टस जितेर नेपालले बलिङ गरिरहेको छ ।

नेपाली बलरहरुले सुरुवाती चार ओभरभित्रै मलेसियाका दुई ब्याट्सम्यानलाई आउट गरिसकेका छन् ।

तेस्रो ओभरको अन्तिम बलमा रोहित पौडेलको बलमा मलेसियाका ओपनर फाड्ली हृयारीस आउट भए भने चौथो ओभरको दोस्रो बलमा अर्का ओपनर अइनुल हक्विमलाई दिपेन्द्र ऐरीले पेविलियनको बाटो देखाए ।

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
DAV City Express