चैत्र १६ गते, २०८० - २१ः०६
Follow us:

धादिङको सल्यानटार क्याम्पसमा सम्मान कार्यक्रम

धादिङ, ८ पुस । धादिङको सल्यानटार गाउँ विकास समिती वडा नं ४ मा रहेको सल्यानटार क्याम्पसमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई सम्मान गरिएको छ ।

शुक्रबार सल्याटार क्याम्पसले विद्यालय व्यवस्थापन समितिका सदस्य र शिक्षक अभिभावक सँगका पदाधिकारीहरुको उपस्थितिमा सो क्याम्पसमा अध्ययनरत ३८ जना विद्यार्थीलाई सम्मान गरेको हो ।

कक्षा ११ मा राम्रो अंक ल्याइ पास हुन सफल विद्यार्थीलाई उनिहरुको हाैसला वृद्धिको लागि र आगामी दिनमा शिक्षा क्षेत्रमा अझ राम्रो गरुन भन्ने हेतुले उनिहरुलाई सम्मान   गरिएको सल्यानटार क्याम्पसका क्याम्पस प्रमुख टंकप्रसाद शिलवालले जानकारी दिए ।

रानिपौवा उच्च माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सुदर्शन बसौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङग्रेस जिल्ला सचिव हरिराम बुर्लाकोटीको प्रमुख अातिथ्यता रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्: