चैत्र १६ गते, २०८० - ०१ः४२
Follow us:

यू-१९ एशिया कपः मलेसियाद्वारा नेपालसामू १५४ रनको लक्ष्य पेश

३ पुस, काठमाडौं । एसीसी अण्डर नाइन्टिन एशिया कप क्रिकेट अन्तर्गत समूहको तेस्रो खेलमा मलेसियाले नेपालसामू १५४ रनको बिजयलक्ष्य पेश गरेको छ ।

टस हारेर ब्याटिङ गरेको मलेसियाले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल बनायो ।

नेपाल केहिबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ ।

मलेसियाका लागि बिरनदीप सिंहले सर्बाधिक ७५ रनको अर्धशतकीय पारी खेले । उनले १२० बलको सामना गरी ७ चौका प्रहार गरेका थिए ।

उनका अलावा मलेसियाका मोहम्मद हसिफ २१ र सेफ उल्लाह मलिकले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका अदिल खानले ३ तथा कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए ।

यसअघिका दुई खेलमा श्रीलंका र भारतसँग पराजित भइसकेको नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्: