चैत्र १६ गते, २०८० - ०६ः१६
Follow us:

कांग्रेसका वरिष्ठ नेता पौडेलसहित दर्जनौं नेता बसेको मञ्च ढलेपछि …


धादिङ, ११ पुस । नेपाली काँग्रेस धादिङको भवन शिलान्यायपछि सुरु हुन लागेको औपचारिक कार्यक्रममा खैलाबैला मच्चिएको छ । ५० भन्दा बढी नेताहरुको आसन ग्रहण भइसकेको थियो । अतिथि बोलाउने काम जारी नै थियो तर नेताहरु बसेको मञ्च नै गर्ल्यामगुर्लुम्म ढलेपछि मञ्चमा खैलाबैला मच्चिएको हो ।

काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, उद्योग राज्यमन्त्री कन्चनचन्द्र वादे, पूर्व अर्थमन्त्री रामशरण महत, पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजाल सहित करीब ५० भन्दा माथिको अतिथि आसन ग्रहण भइसकेको थियो । अतिथि आसन ग्रहण नसकिदै मञ्च दुई सेकेण्डमै गल्र्याङ गुर्लुङ भाँचिएको हो ।

मञ्च ढलेपछि कार्यक्रम स्थलमा खैलाबैला मच्चियो । मञ्च भत्कँदा लड्न पुगेकी कांग्रेसकी जिल्ला नेतृ भगवती पौडेलको खुट्टा भाँच्चिएको छ । अन्य नेताहरुलाई चोट नलागेको नेपाली कांग्रेस धादिङले जनाएको छ ।

मिलनटोलमा २ करोड ८६ लाख रकममा निर्माण हुन लागेको विपी स्मृती भवनको शिलन्यास गर्न आएका वरिष्ठ नेता पौडेलले घटनापछि कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै भने, ‘मञ्च ढलेर सबै बराबरमा बस्ने बनाइदियो ।’

भिरालो जग्गामा बनाइएको मञ्चको फलामे किला राम्रोसंग नगाडिएका कारण मञ्च ढल्न पुगेको नेपाली कांग्रेस धादिङले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्: