26°C Kathmandu, Nepal जेष्ठ १० गते, २०७४ - १५ः२७
Follow us:
Test

धादिङबाट कम्युनिष्ट पार्टीका १२ कार्यकर्ता पक्राउ

धादिङ, २३ वैशाख । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको अभियोगमा धादिङ प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १२ कार्यकर्तालाई पक्राउ गरेको छ ।

उनीहरुलाई शुक्रबार राति धादिङको गजुरी गाउँपालिका ३ गुम्बा डाडाँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी सरद खत्रीले जानकारी दिए । पक्राउ परेका कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई अहिले प्रहरी चौकी जोगिमाराको हिरासतमा राखेर थप अनुसन्धान चलाइएको खत्रीले जानकारी दिए ।

उनीहरुमाथि चुनाव प्रचारप्रसार बिथोल्दै हिँडेको र स्थानीय तह चुनावका उम्मेद्वारलाई ज्यान मार्ने धम्की समेत दिएको आरोप लगाइएको छ । उनीहरुले जताभावी चन्दा सङ्कलन गरेको अर्धकट्टी समेत प्रहरीले फेला पारेको छ ।

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
DAV City Express