चैत्र १५ गते, २०८० - १६ः२२
Follow us:

हवाई आक्रमणमा परी २४ जनाको मृत्यु

अफगानिस्तान, १८ असार । अफगानी सुरक्षाकर्मीहरूको हवाई आक्रमणमा परी अफगानिस्तानमा २४ भन्दा बढी तालिवान लडाकू मारिएका छन् ।
अफगानिस्तानको फार्याब प्रान्त अन्तर्गत पर्ने पाश्टुन कोट जिल्लामा तालिवानी लडाकूहरू भेला भएको ठाउँमा बन्दूकधारी सुरक्षाकर्मीहरूले हेलिकोप्टरबाट आक्रमण गरेका थिए ।
अफगानिस्तानको उत्तरी क्षेत्रका सैन्य प्रवक्ता मोहम्मद हानीफ रेजाइले आइतबार भएको घटनाका बारेमा सोमबार जानकारी दिएका हुन् ।
गुप्तचर संस्थाको प्रतिवेदन अनुसार आइतबार दिउसो पाश्टुन कोट जिल्लाको तख्ता बजार क्षेत्रमा जम्मा भएका तालिवान लडाकूहरुलाई लक्षित गरेर आक्रमण भएको थियो ।
आक्रमणमा परी २४ जनाको घटनास्थलमै मृत्यु भएको र अरु ३१ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् ।
सुरक्षा कारवाहीका क्रममा तालिवानका एक जना वरिष्ठ नेता माख्डोम अलाम पनि घाइते भएको प्रवक्ता रेजाइले जानकारी दिए ।
रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्: