चैत्र १५ गते, २०८० - २२ः०७
Follow us:

धादिङ प्रहरीको सुविधा सम्पन्न नवनिर्मित भवनको उद्घाटन

 

२५ पुस धादिङ ।

बुधबार जिल्ला प्रहरी कार्यलय धादिङको नव निर्मित भवनको उद्घाटन गरिएको छ । भुकम्प पश्चात अस्थाई पालमा बस्दै आएका प्रहरीहरु अव भने सुविधा सम्पन्न भवनमा बस्ने भएका छन् । तीन वटा भवनको बुधबार प्रहरी अतिरिक्त महानिरक्षक ठुले राईले रिवन काटेर भवनको उद्घाटन गर्नुभएको हो ।
३ रोपनी क्षेत्रफलमा फैलिएको भवनहरु आवास सहितको रहेको जिल्ला प्रहरी कार्यलयका डिएसपी श्याम कुमार महातोले जानकारी दिनुभयो । भवन बने सँगै अब काममा पनि सहज हुने प्रहरी प्रमुख डम्बर बहादुर बिकले बताउनुभयो । भनव उद्घाटन गर्न धादिङ आउनु भएका राईले जनताको विश्वास जितेर काम गर्नको लागि जिल्ला प्रहरी कार्यलय धादिङलाई निर्देशन दिनुभएको छ ।
केहि प्रतिनिधि घट्नाहरुले गर्दा प्रहरीहरुलाई बदनाम गराएको भन्दै राईले जनताको मन र विश्वास जितेर काम गर्नको लागी आग्रह गर्नुभएको हो ।
यसैगरि कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रहरी प्रमुख डम्बर बहादुर विकले प्रहरी जनताको घरघरमा गएर सेवा गर्ने बताउनुभयो । सामुदायिक प्रहरी कार्यक्रम अन्तरगत धादिङमा विभिन्न कार्यक्रमहरु सन्चालन भईरहेको भन्दै विकले यसमा सहयोग गर्नको लागि आग्रह गर्नुभयो । यसैगरी तीन नम्बर प्रदेशका प्रहरी प्रमुख दिपक श्रेष्ठले तीन नम्बर प्रदेशमा प्रहरीले गरेको कामलाई हेर्ने हो भने ९६ प्रतिशत नतिजा निकाल्न सफल भएको बताउनुभयो । महिला ंिहसा र बलात्कारका घट्नाहरु चिनेजानेको बाट भईरहेको भन्दै होसियार बन्नको लागी पनि आग्रह गर्नुभयो ।

राष्ट्रिय पुननिमार्ण प्राधिकरण कोषको सहयोगमा जिल्ला प्रहरी कार्यालय धादिङको आवास सहितको तीन वटा छुट्टा छुट्टै भवनको उद्घाटन गरिएको छ । ३ रोपनी जग्गामा निर्माण भएको भवनको कुल लागत २ करोड ३६ लाख भन्दा बढी लागेको कार्यक्रममा जानकारी गराईएको थियो ।सुविधा सम्पन्न भवनमा सेवाग्राहीलाई बस्ने स्थान रहेको छ भने प्रहरीहरुको लागि नुहाउने तथा आराम गर्ने कोठाहरु समेत रहेको छ ।

प्रतिकृया लेख्नुहोस्: