बैशाख ७ गते, २०८१ - १२ः५७
Follow us:

देउवाले भने–नेकपाको एक बर्ष उखान टुक्का भनेर वित्यो

 

३ फागुन भक्तपुर ।
नेपाली काँग्रेका सभापति शेर बहादुर देउवाले नेकपाको सरकारले एक बर्ष उखान टुक्का भनेर विताएको आरोप लगाउनु भएको छ ।
नेपाली कांग्रेस भक्तपुरले मध्यपुर थिमिको शंखधरचोकमा शुक्रबार आयोजित सभामा बोल्ेदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सो कुरा बताउनु भएको हो ।
उहाँले भन्नु भयो देश समृद्ध हुनको लागि गफले सम्भव हुदैँन, जति सरकारले जतिपनि आधार बनायौँ, छिट्टै देशमा विकास हुन्छ भने पनि सरकारले गफ हाक्ने सिवाय विकासको लागि सिन्को नभाजेको बताउनु भएको छ ।
सरकारले आर्थिक समृद्धिको सपना देखाएपनि जनताले शान्तिको सास फेर्न नपाएको र नेकपा नेतृत्व सरकार आएपछि नै जनताको ढाड सेक्नेगरी महँगी, भ्रष्टाचार, हत्या हिंसा, बलात्कारजस्ता घटनामा बृद्धि भएको भन्दै सरकार सबै क्षेत्रमा असफल भएको बताउनु भएको छ ।
। सरकारले एकवर्षमा मुलुकको सार्वभौमसत्ता र स्वाधिनताको पक्षमा ठोस कार्य गर्न नसकेको बताउँदै बलात्कारीलाई र भष्ट्रचारीलाइ छुट दिएको आरोप लगाउनुभयो ।

प्रतिकृया लेख्नुहोस्: